आमा बनिन् श्रेया

एजेन्सी । भारतीय गायिका श्रेया घोसाल आमा बनेकी छन् । ३७ वर्षीया उनले शनिबार छोरालाई जन्म दिएकी हुन् ।

घोसालले सामाजिक सञ्जाल मार्फत् जानकारी दिँदै लेखेकी छन्‚ ‘भगवानले आज छोराको रूपमा महत्त्वपूर्ण आशिर्वाद दिनुभएको छ । अहिलेको जुन भावना छ‚ त्यो पहिले कहिल्यै महशुस भएको थिएन ।’ घोसालले आफ्नो लागि प्रार्थना गर्ने सबैलाई धन्यवाद समेत दिएकी छन् ।

श्रेयाले गत मार्चमा बेबी बम्प सहितको तस्बिर सार्वजनिक गर्दै आफ्नो गर्भावस्थाको बारेमा जानकारी दिएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 12 =