माधवकुमार नेपालनिकट युवा नेता राईले दिए दल दर्ताको निवेदन

काठमाडौं । विपक्षी एमालेको नेतृत्व गर्दै आएका वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय युवा नेता जीवन राईको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) नामक दल दर्ताको निवेदन निर्वाचन आयोग पुगेको छ ।

गत वैशाख ७ गते दल दर्ताको निवेदन परेपनि दर्ता हुने क्रममा रहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले मकालु खबरलाई बताए । ‘दल दर्ताका लागि प्राप्त निवेदन र कागजात अध्ययन गर्ने काम भइरहेको छ,’ प्रवक्ता श्रेष्ठले भनेका छन्— ‘पार्टीको विधान, घोषणापत्र, केन्द्रीय कमिटी बैठकका माइन्यूट, पदाधिकारीको हस्ताक्षरको सनाखतलगायतको अध्ययन भइरहेको छ । सबै प्रक्रिया पुगेको रहेछ भने दर्ता हुन्छ ।’

२५ सदस्यीय केन्द्रीय कमिटी रहेको सो दलमा अध्यक्षमा राई, उपाध्यक्षमा कल्पना गुरुङ, महासचिवमा बिनोद कुमार खुलाल रहेको छन् । यस्तै सचिवमा विक्रम कुँवर र कोषाध्यक्षमा सुशीला खुलाल छन् ।

नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला नेता नेपाल पक्षका युवा नेताहरुले दल दर्ताका लागि निवेदन दिएका हुन् । यसलाई चासोको साथ हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *