नेपाललाई अष्ट्रेलियाको साढे ६३ करोड रुपैयाँ सहयोग

काठमाडौं । अष्ट्रेलियाले नेपाललाई कोभिड–१९ महामारी बिरुद्द लड्न थप  करिव ६३ करोड ५० लाख रुपैयाँ (७० लाख अष्ट्रेलियाली डलर) सहयोग प्रदान गर्ने भएको छ ।

यो दक्षिण एसियाको उत्थानशीलता सबलिकरण गर्न बंगलादेश, श्रीलंका र नेपाललाई अष्ट्रेलिया सरकारले प्रदान गर्ने १ करोड ४५ लाख अष्ट्रेलियाली डलर मध्येको एक अंश रहेकाे नेपालमा रहेकाे अष्ट्रेलियाली दूतावासले जनाएकाे छ ।

अष्ट्रेलियाको सहयोगले नेपालको कोभिड १९ महामारी विरुद्ध लड्ने क्षमतामा थप टेवा पुग्ने र यो प्रादेशीक अस्पतालहरुमा आवश्यक स्वास्थ्य सामाग्रीहरु र स्वास्थ्यकर्मीहरु लाई आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामाग्रीहरु खरिद गर्न उपयोग गरिने दूतावासले बिज्ञप्ती जारी गर्दै जनाएको छ ।

यो रकम नेपालका बिभिन्न क्षेत्रमा समुदायस्तरमा हाल सकृय विश्वसनीय साझेदार संस्थाहरुलाई अमेरीकी, जापानी र बेलायती लगायतका दातृ निकायहरु र संयुक्त राष्ट्र संघिय निकायहरुले गरिरहेका कामहरु संगको समन्वयमा प्रदान गरिने जनाइएको छ ।

अष्ट्रेलियाली सरकारले कोभ्याक्सको माध्यमबाट नेपाललाई कोमिड– १९ बिरुद्धको सुरक्षित र प्रभावकारी खोप व्यवस्थापन गर्न सहयोग जारी रहेको विज्ञप्तिमा उल्लेख छ।

सहयोगको घोषणा गर्दै अस्ट्रेलियाली राजदुत फैलिसीटी वोल्कले अष्ट्रेलिया नेपालमा अति प्रभावित समुदायमा सहयोग पुर्याउने काम गरिरहेको छ बताए । अष्ट्रेलिया र नेपालको लामो समयदेखि मित्रता रहेको र विपद्का समयमा एक आपसमा सहयोग गर्दै आएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − eight =