पोखरा हेमजामा राष्ट्रिय खाद्य बैंकको सम्पर्क कार्यालय

काठमाण्डौ। ‘पोषिलो आहारका लागि दिगो कृषि’ भन्ने नाराका साथ २ अर्ब लगानीमा खुलेको राष्ट्रिय खाद्य बैंकको पोखराको हेमजामा सम्पर्क कार्यालय स्थापना भएको छ ।

यसअघि खाद्य बैंकले बर्दिया र झापा जिल्लामा आफ्नो बृहत कृषि परियोजना उद्घाटन गर्नुका साथै सम्पर्क कार्यालय समेत विस्तार गरेको थियो ।

पोखरा महानगरपालिका- २५ हेमजा मिलन चौक, तिमल्सिना कम्प्लेसमा बैंकले आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको जनाएको छ । पोखरा हेमजामा ३५ रोपनी जग्गा लिजमा लिएर पाइलट प्रोजेक्ट सुरु गर्न लागिएको र ३ सय रोपनी जग्गा किसानहरुसँग सहकार्य गरिने बैंकका अध्यक्ष शंकर उप्रेतीले बताए ।

बैंकमा हालसम्म ५ सय ९० प्रमोटर शेयर सदस्य रहेकोले प्रमोटरको सङ्ख्यालाई बढाएर एक हजार जना बनाउने तयारी भएको, आवश्यक मापदण्ड पूरागरी छिट्टै सर्वसाधारणका लागि आइपिओ जारी गर्नेसमेत तयारी भएको अध्यक्ष उप्रेतीले बताएका छन् ।

कृषि उपजको उत्पादन तथा व्यापार गर्ने कम्पनीका रूपमा खाद्य बैङ्क स्थापना भएकोले बैङ्कमार्फत् धान, गहुँ, मकै, तरकारी तथा फलफूलको उत्पादन तथा व्यापार गर्दै किसानसँग सहकार्य गर्दै उत्पादन बढाउने अध्यक्ष उप्रेतीले बताए ।

बैङ्कले पहिलो चरणमा २३ जिल्लामा चालु आर्थिक वर्षभित्रै कृषि उत्पादनको काम सुरु गर्ने तयारी गरेको र हाल कैलाली, कञ्चनपुर, बर्दिया, झापा, मोरङ, सुनसरी, धनुषा, चितवन, रुपन्देही सहित १३ जिल्लामा जग्गा लिएर उत्पादन सुरु गरिसकेकोले हाल झापा, मोरङ, सुनसरी लगायत जिल्लामा थप जग्गा लिने तयारी पूरा भएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *