अब ओटिटीमा ‘भूत पुलिस’

एजेन्सी । हरर कमेडी चलचित्र ‘भूत पुलिस’ ओटिटी प्लेटफर्ममार्फत् रिलिज हुने भएको छ । सैफ अलि खान, अर्जुन कपुर र ज्याकलिन फर्नान्डीज अभिनीत चलचित्रका निर्माता रमेश तौरानीले चलचित्र डिजिटल प्लेटफर्ममा सार्वजनिक गर्ने निर्णय गरेका हुन् ।

उनी भन्छन्, ‘कोरोनाका कारण माहौल ठिक हुने केही ठेगान छैन, त्यस्तै दर्शकको बानी पनि परिवर्तन भइसकेको छ । यस्तो माहौलमा ठुला-ठुला स्टारको चलचित्रले मात्र फिल्म हलमा कमाउन सक्नेछ ।’

१० सेप्टेम्बरबाट हलमा लाग्ने भनिएको चलचित्र अब डिज्नी प्लस र हटस्टारबाट समेत देखाइने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =