अब अनलाइनबाटै एनआईसीको म्युचुअल फण्डमा लगानी गर्न सकिने

काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुलामुखी योजना एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको इकाईहरु अनलाईन मार्फत खरिद गर्न सकिने भएको छ ।

योजनाको इकाई लगानीकर्ताहरुले सहजै रुपमा खरिद गर्ने अवसर प्राप्त होस भन्ने मुख्य उद्देश्यका साथ अनलाईन मार्फत एन आई सी एशिया डाइनामिक डेप्ट फण्डको इकाई खरिद गर्न सकिने व्यवस्था मिलाईएको एनआईसी एशिया क्यापिटलले जनाएको छ ।

अनलाईन मार्फत उक्त डेप्ट फण्ड योजनाको इकाई खरिद गर्नको लागि एनआईसी एशिया क्यापिटलको वेभसाइट www.nicasiacapital.com  वा सोझै यो https://nicddf.nicasiacapital.com/  लिंकमा क्लिक गरि युनिट प्रचेज भित्र गई रितपुर्वक विवरण भरी योजनाको इकाई खरिद गर्न सकिने जनाएको छ ।

हाललाई इकाई खरिद बापतको रकम भुक्तानी गर्नको लागि एनआईसी एशिया बैंकको अनलाईन सेवा, कनेक्ट आइपिएस र खल्ती डिजिटल वालेट मार्फत गर्न सकिने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *