एनटीआरको जन्मदिनमा ‘आरआरआर’ पोस्टर

एजेन्सी । ‘आरआरआर’ निर्माण टिमले अभिनेता जुनियर एनटीआरको फर्स्ट लुक पोस्टर रिलिज गरेको छ । उनको ३८ औँ जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो ।

एसएस राजामौलीको निर्देशनमा निर्माण भएको चलचित्र ‘आरआरआर’ अक्टोबर १३ बाट प्रदर्शनमा आउने बताइएको छ । कोरोनाको दोस्रो लहरबिच चलचित्र प्रदर्शन हुने/नहुने विषयमा हालसम्म निर्माण कम्पनीले कुनै पनि जानकारी सार्वजनिक गरेको छैन ।

चलचित्रमा जुनियर एनटीआरका अलावा राम चरण, अभिनेता अजय देवगण, आलिया भट्ट, ओभिलिया मोरिसलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र हिन्दी, तामिल, तेलुगु, मल्यालम र कन्नड गरी पाँच भाषामा रिलिज हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 19 =