दोस्रो दिनमै १०४ प्रतिशत बिक्यो प्रभु सेलेक्ट फन्डको इकाई

काठमाडौं । बुधबारदेखि निष्काशन भएको प्रभु सेलेक्ट फन्डको इकाई दोश्रो दिन नै ओभर सब्सक्राइब भएको छ । दोस्रो दिन १०४.८८ प्रतिशतभन्दा बढी आवेदन परेको छ ।

४० हजार ५ सय १२ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ४ करोड ८८ लाख २० हजार ५ सय रकम बराबरको १० करोड ४८ लाख ८२ हजार ५० इकाई खरिदका लागि आवेदन परेको हो ।

प्रभु क्यापिटलले जेष्ठ ५ गतेदेखि प्रति इकाई १० अंकित दरमा १ अर्ब बारबरको १० करोड इकाई म्युचुअल फण्ड बिक्रीमा ल्याएको हो ।

यो फन्डले १५ प्रतिशत इकाईमध्ये कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेडलाई १ करोड ४० लाख र कोष व्यवस्थापक प्रभु बैंकलाई १० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरिएको हो ।

यो फन्डमा लगानीकर्ताहरुले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाई खरिदका लागि आवेदन दिने अन्तिम समय छिटोमा जेष्ठ ९ गते आइतबारसम्म रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *