नेशनल लाइफको सीइओमा खत्री
२०७८ जेठ ६ गते

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सुरेशप्रसाद खत्री नियुक्त भएका छन् ।
बीमा समितिको जेठ ३ गतेको पत्रबाट स्वीकृति प्राप्त भएअनुसार खत्रीलाई जेठ ३ गतेदेखि लागू हुनेगरी ४ वर्षका लागि करारमा नियुक्त गरिएको कम्पनीले जनाएकाे छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत खत्रीलाई ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।
२०७८ जेठ ६ गते
प्रतिक्रिया
सम्बन्धित








