आइसोलेसन केन्द्रका लागि क्लासिक टेकको निःशुल्क इन्टरनेट सेवा

काठमाडौं । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले संस्थागत सामाजिक भूमिका निभाउँदै नगर स्तरीय आइसोलेसनका लागि निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको छ ।

हालको विषम परिस्थिति तथा कोरोना भाइरस महामारीविरुद्ध लड्न चन्द्रागिरि नगरपालिका-८ मा निर्मित नगर स्तरीय आइसोलेसन केन्द्रका लागि सामाजिक अभियन्ता उत्तम कार्की तथा चन्द्रागिरि- ८ का वडा अध्यक्ष सन्तोष खड्काको अभियानमा साथ दिन तथा सहयोगको रुपमा क्लासिकटेकले प्रशासनिक, बिरामी तथा परिवारका लागि निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको जनाएको छ ।

मातातीर्थमा अवस्थित ३० शय्या र अक्सिजनसहित सेवा प्रवाह गरिएको नगर स्तरीय आइसोलेसनको निर्माण नवनिर्मित सामुदायिक अस्पताल भवनमा भएको छ ।

सो स्थानमा कोरोना संक्रमितहरुको सुविधाका लागि क्लासिक टेकले निरन्तर इन्टरनेट सेवा उपलब्ध गराएको हो । क्लासिक टेकले संस्थागत सामाजिक भूमिका पहिलेदेखि निभाउँदै आइरहेको छ भने यसपटक आइसोलेसन केन्द्रमा इन्टरनेट प्रदान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *