प्रशासनको निर्देशनमा राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्था बन्द गर्न पत्राचार

विराटनगर । कोरोना महामारीका कारण देखाउँदै राष्ट्र बैंकले मोरङ जिल्लाका सबै बैंक तथा वित्तीय संस्था बन्द गर्न पात्राचार गरेको छ । नेपाल राष्ट्र बैंक प्रदेश कार्यालय विराटनगरले कोरोना संक्रमणको उच्च जोखिम रहेकाले मोरङ जिल्लाभरीका सबै बैंक तथा वित्तीय संस्थाहरू जेठ ११ गतेसम्मका लागि बन्द गर्न भन्दै पत्राचार गरेको हो ।

राष्ट्र बैंक विराटनगरका निर्देशक सत्येन्द्र तिमिल्सिनाद्वारा हस्ताक्षरित पत्रमा जिल्ला प्रशासन कार्यालय मोरङको आग्रहबमोजिम अत्यावश्यक बैंकिङ सेवा बाहेक अन्य सबै क्रियाकलाप बन्द गरिदिन भनिएको छ । बैंक तथा वित्तीय संस्थाहरूसँग जारी निषेधाज्ञा अवधिभर अनलाइन बैंकिङ्, एटिएम सेवा र अनकल सेवालाई व्यवस्थित गर्न समेत आग्रह गरेको छ ।

राष्ट्र बैंकले अनलाईन कारोबार तथा एटिएमको प्रयोगलाई जोड दिएको भएपनि सेवाग्राही ठगिँदै आएका छन् । मोबाइल बैंकिङमा समेत बढी शुल्क लिने गरेको सेवाग्राहीको गुनासो छ । बैंक तथा वित्तीय संस्थाहरुले अनलाइन सेवा तथा मोबाइल बैंकिङ कारोबारमा बढी शुल्क लिने गरेको गुनासो आएको हो ।

राष्ट्र बैंकले कोरोना महामारीको पहिलो लहरको समयमा बैंक तथा वित्तीय संस्थाहरुलाई अनलाइन बैंकिङ तथा मोबाइल बैंकिङमा शुल्क नलिन, एउटा बैंकको एटिएम अर्को बैंकमा प्रयोग गर्दा थप शुल्क नअसुल्न निर्देशन दिएको थियो । तर दोश्रो कोरोनाको महामारीमा अनलाइन बैंकिङ तथा मोबाइल बैंकिङमा शुल्कमा छुट दिइएको छैन ।

No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + thirteen =