नेप्से १३ अकंले घट्दा पनि ११ अर्ब बढीको कारोबार

काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार सेयर बजार १३.९ अंकले घटेको छ ।

बुधबार कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक ०.४७ प्रतिशतले घटेर ४९६.१४ बिन्दुमा पुगेको छ । यस दिन सेन्सिटिभ परिसूचक १.०८ अकंले घटेर २७८०.६८ बिन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका १३ ओटा समूहको परिसूचक मध्ये म्युचुअल फण्ड, लघुवित्त, होटेल्स तथा पर्यटन, व्यापार,विकास बैंकको बैंकिङका सुचक बढेको छ भने जीवन बीमा,निर्जीवन बीमा, जलविद्युत् अन्य, उत्पादन तथा प्रशोधन, इन्भेष्टमेन्ट वित्त समूहको सबै परिसूचक घटेका छन् ।

बुधबार २ सय १४ कम्पनीको २ करोड ५१ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार ४११ रुपैयाँ बराबरको कारोबार भएको छ ।

समता घरेलु लघुवित्त वित्तिय संस्था कम्पनी बजारमा सर्वाधिक कमाइ गरी पहिलो स्थानमा छ । दोस्रो स्थानमा रुरु जलविद्युत परियोजना कम्पनी रहेको छ ।

समता घरेलु लघुवित्त वित्तिय संस्था कम्पनी र रुरु जलविद्युत परियोजना कम्पनीको सेयर मूल्य झण्डै १० प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *