मनोज बाजपेयीको ‘द फेमिली म्यान २’ ट्रेलर सार्वजनिक
२०७८ जेठ ५ गते

एजेन्सी । मनोज बाजपेयीको बहु प्रतीक्षित वेब सिरिज ‘द फेमिली म्यान २’ को ट्रेलर सार्वजनिक भएको छ । मेकर्स र मनोजले सामाजिक सञ्जालमा पोस्ट गर्दै ट्रेलर सार्वजनिक भएको जानकारी दिएका हुन् । एक्सन ड्रामा सिरिजको यो ट्रेलर दर्शकले मन पराएका छन् ।
वेब सिरिजको ट्रेलरमा मनोज र दक्षिण भारतीय अभिनेत्री सामन्था अक्किनेनी एक्सन अवतारमा देखिएका छन् । मनोजले श्रीकान्त तिवारीको भूमिका निभाएका छन् । उनी एक जासुस हुन्, जसले आफ्नो कामको विषयमा परिवारमा समेत जानकारी दिन सक्दैनन् ।
आफ्नो ज्यान खतरामा हुँदा समेत उनी एक सामान्य सरकारी कर्मचारी झैँ व्यवहार गर्न बाध्य हुन्छन् । सामन्थाले भने महिला आतङ्कवादी राजीको भूमिका निभाएकी छन् ।
२०७८ जेठ ५ गते
प्रतिक्रिया
सम्बन्धित








