अवैध लागूऔषधसहित दुई पक्राउ
२०७८ जेठ ५ गते

सांकेतिक तस्बिर
कञ्चनपुर । भिमदत्त नगरपालिका-५ सुकासाल बस्ने २६ वर्षीय नविन भाँट र सोही ठाउँ बस्ने २० वर्षीय रोहित सुनारलाई १ ग्राम ९४ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले लागूऔषध बिक्री गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबार खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
२०७८ जेठ ५ गते
प्रतिक्रिया
सम्बन्धित








