कास्टिङ काउच अनुभव : घर आऊ‚ मुख्य भूमिका दिन्छु !

एजेन्सी । ‘गन्दी बात सिजन-६’ सिरिजमा काम गरेका अभिनेता केवल दासानीले एक कुराकानीमा कास्टिङ काउचको अनुभव साझेदार गरेका छन् । उनी बाहिरबाट आएको कारण अभिनयमा जम्न धेरै नै मेहनत गर्नु परेको बताएका छन् ।

उनलाई कठिनाइ हुनुको कारण उनको चलचित्र क्षेत्रमा कोही नहुनु नै हो । उनी भन्छन्, ‘कास्टिङ काउचबाट को बचेको छ ? मलाइ लाग्छ कोही पनि बचेको छैन । समयसँगै मैले हर लेभलमा यस्तो विभेद देखेको भोगेको छु ।’

उनको पहिलो अनुभव नमिठो छ । एक व्यक्तिले अरू कसैको नाम लिएर ‘उसले पनि यस्तै गर्छ’ भन्दै आफ्नो घर आउन आग्रह गरेको बताएका छन् । मुख्य भूमिकामा देखिनका लागि उनले घरमा निम्तो दिएको र प्रयास गर्न आग्रह गरेको उनले बताएका छन् । तर कलेजको दिन बाटै मेहनती केवलले छोटो बाटो अपनाउन चाहेनन् । त्यसैले उनले अगाडि नै त्यस्तो अफर स्वीकार गरेनन् ।

उनले यस क्षेत्रमा आउने नयाँ व्यक्तिहरूलाई चुनौतीको लागि तयार भएर आउन आग्रह गरेका छन् । सबै प्रकारका अड्चनका लागि तयार हुने हो भने कुनै न कुनै दिन यस्ता समस्याबाट बच्न सकिने उनले बताएका छन् ।

केवल आफ्नो कामलाई लिएर गम्भीर रहने कलाकार हुन् । उनले मेडिकली योर्स, आपके आ जाने सेलगायत सिरियलमा समेत काम गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − one =