लमजुङ भूकम्पले तनहुँमा घर भत्कियो

दमौली । लमजुङको भुलभुले केन्द्रविन्दु भएर आज बिहान गएको भूकम्पका कारण तनहुँको व्यास नगरपालिका-१४ मा एक घर भत्किएको छ ।

५ दशमलव ८ म्याग्निच्युडको भूकम्पका कारण व्यास-१४ कुलुङमा कृष्णबहादुर विश्वकर्माको घरमा क्षति पुगेको हो । विसं २०७२ को भूकम्पले चर्किएको घर आजको भूकम्पले भत्किएको वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार घरको माथिल्लो तल्लाको भागमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले भूकम्पको क्षतिको विवरण आइनसकेको बताएको छ । भूकम्प गएपछि दमौलीमा सर्वसाधारण बिहान घरबाट बाहिर निस्किएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *