नेप्सेमा उछाल, ११ अर्बमाथिको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन मगंलबार सेयर बजार ३४.६८ अंकले बढेको छ ।

मगंलबार कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक १.२६ प्रतिशतले बढेर ४९७.२२ बिन्दुमा पुगेको छ । यस दिन सेन्सिटिभ परिसूचक ४.६४अकंले बढेर २७९३.८२ बिन्दुमा पुगेको छ ।

मंगलबार कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये उत्पादन तथा प्रशोधनमात्र घटेको छ भने इन्भेस्टमेन्ट, होटल तथा पर्यटन, व्यापार अन्य, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त, विकास बैंकको बैंकिङका, जलविद्युत् ,म्युचुअल फन्ड, वित्त समूह, समूहको सबै परिसूचक बढेका छन् ।

आज २ सय १५ कम्पनीका २ करोड ३१ लाख ३१ हजार कित्ता सेयर ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार ९२ रुपैयाँमा खरिद/बिक्री भएको छ ।

त्यस्तै आज बेष्ट फाइनान्स कम्पनी, घलेम्दी हाइड्रोपावर, विशालबजार कम्पनी, हिमाल दोलखा हाइड्रोपावर, मिथिला लघुवित्त, नेशनल हाइड्रो पावर, ओरेन्टल होटल, सोल्टी होटेल, समता घरेलू लघुवित्त र शिव श्री हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *