चीनबाट १३७५ थान अक्सिजन सिलिन्डर नेपाल भित्रियो

काठमाडाैं । चीनको बेइजिङबाट नेपाल वायुसेवा निगमको जहाजमार्फत् एक हजार ३७५ थान अक्सिजन सिलिन्डर नेपाल आइपुगेको छ ।

वैशाख २८ मा पहिलो र जेठ २ मा दोस्रो उडानमार्फत् ८०० सय थान अक्सिजन सिलिन्डर ल्याइएको थियो । आज तेस्रो उडानमा थप ५७५ थान अक्सिजन सिलिन्डर आइपुगेको छ ।

अब थप जेठ ४ र ५ मा पनि थप सिलिन्डर ल्याउन वाइड बडी विमान बेइजिङ जाने नेपाल वायु सेवा निगमले जानकारी दिएको छ । कोरोना महामारीमा अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन निगमको जहाज प्रयोग गरिँदै आइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 4 =