लायन्स क्लब सिंहदेवीद्वारा खानेपानी र मास्क वितरण

काठमाडौं । लायन्स क्लब अफ धरान सिंहदेवीले खानेपानी र मास्क वितरण गरेको छ ।
पूर्ण निषेधाज्ञालाई सफल बनाउन घामपानी नभनी खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीलाई क्लबले खानेपानी र मास्क वितरण गरेको हो । क्लबले उनीहरुलाई ५० कार्टुन खानेपानी र ३५० थान मास्क प्रदान गरेको छ ।
कोरोना भाइसर (कोभिड १९) को कारण विश्व नै महामारीले आक्रान्त हुंदा नेपाल पनि अति प्रभावित राष्ट्रको रुपमा परेको र देशभर बन्दाबन्दी तथा निषेधाज्ञा जारी भइरहेको अवस्थामा त्यसलाई पूर्ण सफल बनाउन टन्टलापुर घाम तथा वर्षात्को समयमा पनि अहोरात्र खटिएका प्रहरीहरुले पिउने पानीसमेत समयमा पाउन नसकेको अवस्थालाई मध्यनजर गरी खानेपानी वितरण गरिएको र उनीहरुलाई संक्रमणवाट सुरक्षित राख्न आवश्यक पर्ने मास्कसमेत वितरण गरिएको क्लबका अध्यक्ष सुजेन्द्र गोले तामाङले बताए ।
इलाका प्रहरी कार्यलय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेत, सुरक्षा वेस धरानका डिएसपी दिनेश बहादुर कटवाल र जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका इन्स्पेक्टर भुवनवावु खड्काले वर्तमान अवस्थामा प्रहरीलाई पर्न गएको आवश्यकतालाई हृदयंगम गरी खानेपानी र मास्क उपलब्ध गराउने क्लबको कार्यलाई उच्च प्रशंसा गर्दै धन्यवाद प्रकट गरेका छन् ।
कार्यक्रममा क्लबका द्धितिय उपाध्यक्ष जयप्रकाश शर्मा, सचिव पञ्चकला राई, कोषाध्यक्ष मनोज अग्रवाल, सहसचिव रमिता श्रेष्ठ, सदस्यहरु गीता पौडेल, रिमला राई लगायतको उपस्थिति रहेको थियो ।
खानेपानी तथा मास्कको व्यवस्थापन गर्न सहयोग गर्नुहुने क्लबका पदाधिकारी तथा सदस्यहरुलाई अध्यक्ष तामाङले धन्यवाद दिंदै भविष्यमा समेत क्लबवाट हुने सामाजिक एवम् मानवीय सेवाका लागि निरन्तर सहयोग गर्न आग्रह गरे ।









