सेयरमा उछाल, ५६ अंकले नेप्से बढ्दा साढे १० अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन तथा जेठ महिनाकै पहिलो कारोबार दिन आइतबार नेपालको सेयर बजार (नेप्से)मा उछाल देखिएको छ ।

नेप्से परिसूचक ५४.२१ अंकले बढेर परिसूचक २७३८.२९ विन्दुमा पुगेको छ । कारोबार रकममा पनि उस्तै उछाल देखिएको छ । सेन्सेटिभ परिसूचक समेत ८.६४ अंकले बढेर ४८८.१४ अंकमा पुगेको छ ।

कारोबार रकमा समेत आइतबार उछाल देखिएको छ । यस दिन १० अर्ब ४० करोड ३८ लाख ७९ हजार रुपैयाँमा २ सय १४ कम्पनीको २ करोड १३ लाख २८ हजार ८ सय ८२ कित्ता सेयर किनबेच भएको छ ।

१३ ओटै समूहगत परिसूचकमा हरियाली छाएको छ । निर्जीबन बिमा समूहको सूचक ५ सय ८४ अंकले बढेको छ भने जीवन बिमा समूहको सूचक ५२८ अंकले बढेको छ ।

यस दिन सबैभन्दा बढी रुरु जलविद्युत् कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै समता लघुवित्त, विशालबजार कम्पनी लगायत ७ ओटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *