मोरङका व्यवसायी भन्छन्- कोभिड नियन्त्रणका लागि १५ दिन सबै ठप्प पारौं

विराटनगर । नेपालकै पुरानो व्यापारीहरूको संस्था मोरङ व्यापार संघले स्वास्थ्योपचार सहयोग अभियान शुरु गरेको छ । संक्रमितहरूका निम्ति आवश्यक स्वास्थ्योपचारका सामग्रीहरुको सहज उपलब्धता, आपूर्ति एवं समुचित व्यवस्थापनका लागि यथाशक्य साथ सहयोग र सहजीकरणका लागि अभियानको थालनी गरिएको व्यापार संघले जनाएको छ ।

संघले सरकारले तत्काल गर्नुपर्ने कामहरूमा अघि बढ्न आग्रह गर्दै सरकारलाई सहयोग पर्ने सबै खालका सहयोगका लागि संघ तयार रहेको जनाइएको छ । संघका अध्यक्ष प्रकाश मुण्दडाले विज्ञप्ती जारी गर्दै अहिलेको महामारीमा स्वास्थ्य सामग्रीको अभाव हुन थालेकाले अभियानको रुपमा स्वास्थ्योपचारको व्यवस्थापन गर्न उनले आग्रह गरेका हुन् ।

‘हाल संक्रमितहरुको उपचारका लागि मुलुक भित्र्याइएका औषधी रेम्डेसिभिरलगायत स्वास्थ्योपचारका स्रोत साधनहरुको उपलब्धता र व्यवस्थापनमा चरम अभाव देखिन थालेको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘प्रत्येक संक्रमितलाई सहज, सरल र व्यवस्थित तवरले स्वास्थ्योपचारका सामग्रीहरू उपलब्ध गराउने व्यवस्था मिलाउन हुन संघीय, प्रदेश र स्थानीय सरकार, विभाग तथा शाखाहरू, सरकारी र निजी अस्पतालहरू, स्वास्थ्य चौकीहरूलगायत सम्बन्धित सबै निकायहरुमा जोडदार अपील गर्दछौँ ।’

कोभिड-१९ (दोस्रो लहर)को संक्रमण नेपालमा पनि तीव्र रुपमा फैलिरहेकोमा त्यसको रोकथाम एवं नियन्त्रण गर्न सरकारले निषेधाज्ञा लागू गरेतापनि हाल अस्पताल तथा स्वास्थ्य चौकीहरूमा संक्रमितहरुको चाप अत्यधिक रुपले बढेको, संक्रमितहरुको अवस्था जटिल बन्दै गएको, उपचारका सामग्रीहरूको अभावमा मृत्युदर बढेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

मानव जीवन रक्षा चुनौतिपूर्ण बन्दै गइरहेको अवस्थालाई मध्यनजर गरी यस संघले संक्रमितहरुका निम्ति आवश्यक स्वास्थ्योपचारका सामग्रीहरुको सहज उपलब्धता, आपूर्ति एवं समुचित व्यवस्थापनका लागि यथाशक्य साथ, सहयोग र सहजीकरण गर्दै विभिन्न अभियानहरुको थालनी गरेको मुन्दडाले जानकारी दिए ।

‘हामीले विशेषज्ञसहितको अनलाइन टेली केयर शुरु गरिसकेका छौँ,’ उनले भने, ‘अत्यावश्यक औषधी तथा प्लाज्मा अभाव हुन नदिनका लागि डिटेल्स तयार पारेर दिने काम भइरहेको छ।’

उनले तत्काल चेन ब्रेक गर्ने काममा राज्य लाग्नुपर्ने व्यवसायीहरूको माग रहेको बताए । ‘१५ दिनसम्म सबै ठप्प पारेर कसैलाई बाहिर हिँड्न दिनुहुँदैन‚’ उनले भने, ‘सबै अस्तव्यस्त भएको बेला सबैभन्दा ठूलो कुरा ज्यान बचाउने नै हो ।’

No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + sixteen =