सिद्धार्थ बैंकको ‘सिद्धार्थ अक्सिजन लोन’

काठमाडौं । सिद्धार्थ बैंकले ‘सिद्धार्थ अक्सिजन लोन’ नामको सहुलियतपूर्ण विषेश कर्जा सुविधा दिने योजना ल्याएको छ ।

उक्त कर्जा योजनाअन्तर्गत कर्जा अवधिभर बैंकको आधार दरमा कर्जा प्रदान गरिने बैंकले जनाएको छ । त्यस्तै, सम्वन्धित संस्थाको नगद प्रवाहको आधारमा कर्जाको सहज भुक्तानी अवधि तय गरिने, अन्य कुनै पनि सेवा शुल्क नलाग्ने, उच्च प्राथमिकताका साथ कर्जा प्रोसेसिङ गरिने बैंकले जनाएको छ ।

कोरोना भाइसर नियन्त्रण तथा रोकथामका लागि अक्सिजन प्लान्ट स्थापना तथा सिलिन्डर खरिदमा योगदान पुग्ने विश्वास गरिएको छ ।
बैंकले चालू आवमा कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि १ करोड ४ लाख रुपैयाँ प्रदेश तथा स्थानीय सरकारलाई प्रदान गरेको जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *