जोन्टा क्लबले परोपकार अस्पताललाई दियो अक्सिजन कन्सन्ट्रेटर
२०७८ वैशाख ३१ गते

काठमाडौँ । जोन्टा क्लब अफ काठमाडौंले थापाथलीको परोपकार मातृत्व र महिला अस्पताल (प्रशुतिगृह) लाई चार वटा अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ ।
चार वटा अक्सिजन कन्सनट्रेटरहरु हिजो अस्पतालका हेड कोभिड विङका इन्चार्ज डाक्टर सुवेदीलाई हस्तान्तरण गरेको जनाएको छ ।
लकडाउनको क्रममा खाद्यान्न प्याकेट, पीपीई सेट र काठमाडौं र ललितपुर वरिपरि भर्खरै जन्मिएका बच्चाहरुलाई कीटहरुको वितरणसहित जोन्टाले सहयोग गरेको जनाएको छ ।
जोन्टा क्लब अफ काठमाडौंका अध्यक्ष सीमा गोल्छाले भनिन्‚ ‘महिला र बालबालिकाको सुधारको लागि काम गर्ने अभियानका साथ हामी आशावादी छौं कि यो समर्थनले खाँचोमा परेकाहरूलाई सहयोग गर्नेछ ।’
२०७८ वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित








