सिटिजन्स बैंकको सूचना अधिकारीमा श्रेष्ठ र प्रवक्तामा अधिकारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुचना अधिकारीमा राजेन्द्र लाल श्रेष्ठ र प्रवक्तामा नारायण राज अधिकारीलाई नियुक्त गरेको छ ।

करिव २२ वर्ष देखि बैंकिंग क्षेत्रमा कार्यकुशलता प्रदर्शन गर्दै आएका राजेन्द्र लाल श्रेष्ठले स्थापनाकाल देखिनै बैंकसँग आबद्ध भई विभिन्न ओहदामा रही कार्यसम्पादन गरेका छन् ।

प्रवक्तामा नियुक्त भएका नारायणराज अधिकारीसँग करिव १७ वर्षको बैंकिङ अनुभव रहेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १६८ वटा शाखा, १११ वटा एटिएम र १०९ वटा शाखारहित बैंकिङ ईकाईहरूबाट करिव १० लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *