डिजिटल कारोबार गर्न डेभलपमेन्ट बैंकर्सको आग्रह

काठमाडौं । डेभलपमेन्ट बैंकर्स एशोसिएशनले सकेसम्म डिजिटल उपकरणहरुबाट बैकिङ कारोबार गर्न विकास बैंक तथा सेवाग्राहीलाई आग्रह गरेको छ । कोभिड–१९ संक्रमणको जोखिमलाई ध्यानमा राखेर एशोसिएशनले यस्तो आग्रह गरेको हो ।

शुक्रबार एक विज्ञप्ती जारी गरी एशोसिएशनले कर्मचारीका लागि सुरक्षाका संभव भएसम्मका उपायहरु अबलम्बन गर्ने, अत्यावश्यक कामका लागि मात्रै बैंकको प्रधान कार्यालयका कर्मचारीलाई काममा बोलाउने निर्णय गरेको छ । त्यस्तै, सूचना प्रविधि, ग्राहक विभाग र नगद विभागका कर्मचारीालई पनि आवश्यकताका आधारमा मात्रै कार्यालाइमा बोलाउने निर्णय गरेको छ ।

सेवाग्राहीले बैंकका सम्पर्क व्यक्तिमार्फत गरेका अनुरोध र सुझावलाई व्यवहारिक तरिकाले नेपाल राष्ट्र बैंकले दिएको निर्देशनको परिधिभित्र रहेर समाधान गर्ने, आ—आफ्ना ग्राहकहरुलाई परिस्थिति सहज नभएसम्म साना साना निक्षेप जम्मा गर्न भरसक बैंकमा नआउन अनुरोध गर्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *