आजदेखि सांसदलाई दोस्रो चरणको खोप

काठमाडौं । सांसदहरूलाई कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप कार्यक्रम शुक्रबारदेखि शुरू भएको छ ।

संसदको प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले कोरोना भाइरसविरुद्धको दोस्रो खोप लगाएर खोप कार्यक्रम  सुरु गरेका हुन् । यसअघि गत फागुन १९ र २० गते सांसदहरूले कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप लगाएका थिए ।

पहिलो डोज खोप लागाएको आठ हप्ता पूरा भएका सबै सदस्यहरुलाई जेठ २ गतेसम्म कोभिसिल्ड खोपको दोस्रो डोज दिइने संसद सचिवालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीहरु, स्वकीय सचिवलगायत कर्मचारीहरू, मर्यादापालक तथा सुरक्षासँग सम्बन्धित सबै कर्मचारी र संसदीय मामिला पत्रकारलाई पनि खोप लगाइने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 11 =