नेपाल सुपर लिग फुटबल : पहिलो हाफमा काठमाडौंको अग्रता

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो क्वालिफायरमा अहिले काठमाडौं रेजर्स एफसी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा भइरहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिएको छ । पहिलो हाफको खेल सकिदा काठमाडौंले २-० को अग्रता बनाएको छ ।

खेलको १५ औं मिनेटमा मेसौके ओलोमोउले पेनाल्टीमा गोल गर्दै काठमाडौंलाई अग्रता दिलाए ।

यस्तै खेलको २२ औं मिनेटमा मेसौकेले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २-० को अग्रता दिलाएका हुन् ।

आज दुबै टिम जित निकाल्दै फाइनल पुग्न चाहन्छ । विजेताले उपाधिका लागि धनगढी एफसीसँग खेल्नेछ ।

प्रतिक्रिया