बैंकले अब ५० हजारभन्दा कम नगद निक्षेप नलिने

काठमाडौं । बाणिज्य बैंकहरुले अब अत्यावश्यक सेवा मात्र प्रवाह गर्ने भएका छन् । बैंक तथा वित्तीय संस्थाका कर्मचारी समेत संक्रमित हुँदै गएको अवस्थामा सेवाग्राहीको भीड कम गर्न बैंकले यस्तो व्यवस्था गर्ने भएका हुन् । बिहीबार बसेको नेपाल बैंकर्स एशोसिएशनले बैंकका सबै एटीएम तथा कल सेन्टरहरु कार्यालय समयभर खुला राख्ने निर्णय समेत गरेका छन् ।

तर, ५० हजारभन्दा माथिको निक्षेप मात्रै नगदमा स्वीकार गर्ने निर्णय गरेका हुन् ।

बाणिज्य बैंकहरुले खाताबाट नगद झिक्ने, ५० हजारभन्दा माथि मात्रै नगद निक्षेप स्वीकार गर्ने, चेक , आइपीएस तथा आरटीजिएसमार्फत रकम स्थानान्तरण, विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय व्यापारिक भुक्तानीहरुलाई जारी राख्ने निर्णय गरेको छ ।

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977078887″ /]

प्रतिक्रिया