माओवादी स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्दैछ । स्थायी कमिटी सदस्य लीलामणि पोखरेलकाअनुसार बैठक साँझ ५ बजे पेरिसडाँडामा बस्नेछ ।

बैठकमा बहुमतको सरकार गठनकै विषय मुख्य एजेण्डा बन्ने नेता पोखरेलले बताए । ‘बहुमतीय सरकार गठनकै विषयमा बैठक बस्न लागेको हो,’ नेता पोखरेलले भने— ‘हदम्याद सकिँदैछ, अन्तिमसम्ममा सहमति जुर्छ भन्ने विश्वास छ । त्यसका लागि आवश्यक सम्वादहरुलाई तीव्र बनाएका छौँ ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार बनाउनु भनी दिएको तीन दिनको समय आज सकिँदैछ । तर, विपक्षी दलहरुबीच नै कुरा नमिल्दा बहुमतको सरकार बन्ने सम्भावना टर्दैछ ।

प्रतिक्रिया