ओली–नेपाल भेटवार्ता जारी

काठमाडौं । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता जारी छ । एक एमाले स्थायी कमिटी सदस्यकाअनुसार ओली–नेपालबीच हात्तीगौंडास्थित एक व्यवसायीको घरमा भेटवार्ता जारी छ ।

ती नेताकाअनुसार ओली–नेपालबीचको यो निर्णायक वार्ता हो । ‘उहाँहरुबीच निर्णायक वार्ता भइरहेको छ,’ ती नेताले भने– ‘यसपछि एउटा सहमतिमा पुग्छौँ । विश्वास छ, सकारात्मक होला । किनकी, हामीले बिहानैको स्थायी कमिटी बैठकबाट एमाले एक बनाए लाने ध्येयकासाथ कारबाही शुरु गरिसकेका छौँ । हामीले ४ नेतालाई गरिएको कारबाही फुकुवा गरिसकेका छौँ ।’

ओलीले बालुवाटारमै वार्ता गर्न खोजेपनि नेपालले नआउने बताएपछि उनीहरुबीच हात्तीगौंडास्थित एक व्यवसायीको घरमा भेटवार्ता भएको हो ।

प्रतिक्रिया