पत्रकार महासंघलाई दश हजार थान मास्क उपलब्ध

काठमाडौं । निम्बस नेपालले अग्रभागमा खटिएर काम गर्ने पत्रकारहरुका लागि दश हजार थान मास्क नेपाल पत्रकार महासंघलाई उपलब्ध गराएको छ ।
बुधबार महासंघमा आयोजित एक कार्यक्रमका बिच निम्बस नेपालका प्रबन्ध निर्देशक आनन्द बगरियाले महासंघमा उपस्थिति भई उक्त मास्क महासंघका अध्यक्ष विपुल पोख्रेललाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपल पोख्रेलले महासंघमा देशभरिबाट १३ हजार भन्दा धेरै पत्रकार आवद्ध रहेको बताउदै पत्रकारहरुले कोरोना संक्रमणको जोखिमबाट बच्नका लागि महासंघसंग सहयोग गारिरहेको बताए ।
महासंघले आउदा दिनमा थप सहयोगको अपेक्षा राखेको अध्यक्ष पोख्रेलले धारणा राखे ।
महासचिव रोशन पुरीले कोरोना संक्रमण उच्च रहेका प्रदेशमा क्रियाशिल पत्रकारलाई थप स्वास्थ्य सामग्रीको सहयोग गर्न आग्रह गरेका छन् ।
उनले हरेक प्रदेशमा पत्रकारका लागि आइसोलेसन बनाउने काम सुरु गरिसकेको बताएका छन् । निम्बसले महासंघका प्रदेश समितिमार्फत् जिल्ला जिल्लामा पत्रकारलाई मास्क उपलब्ध गराउने जनाएको छ ।








