बार्सिलोना लेभान्टेसँग रोकियो
२०७८ वैशाख २९ गते

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना बराबरीमा रोकिएको छ । गए राति सम्पन्न खेलमा बार्सिलोना लेभान्टेसँग ३-३ गोलको बराबरीमा रोकिएको हो ।
लेभान्टेका लागि सर्जियो लेओनले खेलको ८३औं मिनेटमा गोल गर्दै बराबरी गरेका थिए । यस अघि लेभान्टेका लागि मेलेरोले खेलको ५७ र ५९औं मिनेटमा गोल गरेका थिए । त्यस्तै बार्सिलोनाका लागि लियोनेल मेसी, पेड्रो र ओसुमान डेम्बेलेले एक-एक गोल गरेका थिए ।
३६ खेल खेल्दै बार्सिलोना ७६ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ भने एक खेल कम खेलेको एटलेटिको ३५ खेलमा ७७ अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यस्तै ३५ खेल खेलेको रियल म्याड्रिड ७५ अंकसहित तेस्रो स्थानमा छ ।
२०७८ वैशाख २९ गते
प्रतिक्रिया
सम्बन्धित








