सन नेपाल लाईफले दियो दाबी भुक्तानी

विराटनगर । सन नेपाल लाईफ इन्स्योरेन्सले मोरङको कटहरी गाउँपालिकामा मृत्यु भएका व्यक्तिका परिवारलाई दाबी भुक्तानी गरेको छ ।

सन नेपाल लाईफ इन्स्योरेन्स विराटनगर कार्यालयले कटहरी ४ का ४० वर्षीय हेमनारायण साहको बीमा दाबी भुक्तानी दिएको हो । २ वर्षअघि उनले कम्पनीमार्फत १५ वर्ष अवधिको लागि पाँच लाखको बीमा गरेका थिए ।

गत फागुन ५ गते घरमै मृत्यु भएका परिवारलाई कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामत र उपाध्यक्ष मंजिता सरदारले मृतकका श्रीमती पुनमकुमारी सोनार पाँच लाख ३५ हजारको चेह उपलब्ध गरेका सन नेपाल लाईफ इन्स्योरेन्स विराटनगर शाखा प्रमुख बेदकुमार खत्रीले जानकारी दिए ।

प्रतिक्रिया