बहराइनका राजकुमारको टोली सगरमाथा चुचुरोमा

काठमाडौँ । बहराइनका राजकुमारसहितको टोलीले सगरमाथाको सफल आरोहण गरेको छ । राजकुमार मोहम्मद हमाद मोहम्मद अल-खलिफा सहितको टोली आज बिहान विश्वको सर्वोच्च शिखरको चुचुरोमा पुगेको हो ।

पर्यटन विभागकी निर्देशक मीरा आचार्यका अनुसार मंगलबार बिहान ५ः३० बजेदेखि ६ः४० बजेसम्म उक्त टोलीका सदस्यहरु सगरमाथाको चुचुरोमा पुगेका हुन् । राजकुमार अल-खलिफाको टोलीमा सगरमाथा आरोहणका लागि १६ जनाको टोली गएको थियो ।

प्रतिक्रिया