हिमाल आरोहण गर्न बहराइनका राजकुमार काठमाडौं आइपुगे

काठमाडौं । बहराइनका राजकुमार हिमाल आरोहण गर्न काठमाडौं आइपुगेका छन् ।

खुम्बु क्षेत्रमा पर्ने लोबुचे तथा उत्तरी गोरखाको मनास्लु हिमाल आरोहण गर्न राजकुमार नासिर बिन हामिद अल खलिफासहित १८ जनाको टोली बुधबार (आज) बिहान काठमाडौं आइपुगेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार, बहराइनका राजकुमार खलिफासहित १८ जनाको टोली ल्याएको उक्त विमान बुधबार बिहान ११ बजे काठमाडौं अवतरण गरेको थियो ।

आरोहणको जिम्मा लिने सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्‍मा शेर्पाका अनुसार, राजकुमार खलिफाको टोली ल्याएर आएको विमान एभ्रो विमान बुधबार नै बहराइन फर्किनेछ ।

प्रतिक्रिया