तीन दलले भने– ‘धारा ७६ को २ अन्तर्गतको सरकार बनाऔं’

काठमाडौं । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीले संयुक्त विज्ञप्ति जारी गरेका छन् । नेपाली कांग्रेसका नेता बालकृष्ण खांणले दिएको जानकारीअनुसार प्रधानमन्त्री पदमुक्त भएसँगै तीन दलले विज्ञप्ति निकाल्दै नेपालको संविधानको धारा ७६ को २ बमोजिमको सरकार बनाउनुपर्ने बताएका हुन् । ‘प्रधानमन्त्री पदमुक्त भइसक्नुभयो,’ नेता खांणले भने– ‘अबको बाटो यही हो ।’

प्रतिक्रिया