रियलमी बन्यो युरोपको सफल स्मार्टफोन

काठमाडौं । विश्वमा तीव्र रुपमा बजार विस्तार गर्दै गएको रियलमी युरोपीयन देशहरुमा सफल स्मार्टफोन बन्न सफल भएको छ ।

काउन्टरप्वाइन्टको रिपोर्ट अनुसार सन् २०२१ को पहिलो त्रैमासिकमा रियलमीले विश्वभर १ करोड २८ लाख मोबाइल फोन बिक्री गरेको जनाएको छ ।

विश्वका १३ देशमा बिक्री हुने मोबाइल फोनमध्येमा शीर्ष ५ स्थानमा आफूलाई स्थापित गर्दै पहिलोपटक तीन युरोपेली मुलुकमा टप ४ विक्रेताका रुपमा रियलमी देखिएकोे क्यानालिस ग्लोबल स्मार्टफोन रिपोर्टले जनाएको छ ।

सन् २०१९ देखि युरोपेली बजारमा आफ्ना उत्पादन पठाउन थालेको रियलमीले हरेक वर्ष तीव्र बजार विस्तार गर्ने कम्पनीका रुपमा आफूलाई स्थापित गरेको छ, पहिलो त्रैमासिकमा रियलमीले अघिल्लो वर्षको तुलनामा १८३ प्रतिशतले बजार विस्तार गरेको काउन्टरप्वाइन्ट रिसर्चले जनाएको छ ।

क्यानिालिसको रिपोर्टमा चेक गणराज्य र ग्रीसमा सबैभन्दा बढी स्मार्टफोन निर्यात गर्ने कम्पनीको चौथो नम्बरमा रियलमीलाई राखेको छ ।

यसैगरी बजार विस्तारको गतिलाई हेर्दा स्लोभेनियामा पनि रियलमी चौथो नम्बरमा छ भने रसियामा ५औँ ठूलो बजार वृद्धि गर्ने खेलाडीका रुपमा रियलमी देखिएको कम्पनीले जनाएको छ ।

क्यानालिसको सन् २०२१ को पहिलो त्रैमासिकको रिपोर्ट अनुसार चेक रिपल्बिकमा रियलमीले अघिल्लो वर्षको तुलनामा ४१०४ प्रतिशत र ग्रीसमा ४७७ प्रतिशतले निर्यात बढाएको छ भने रसियामा ६८२ प्रतिशतले आपूर्ति बढेको देखिएको छ ।

दक्षिणपूर्वी एसियामा रियलमी बजार विस्तारका हैसियतले उत्कृष्ट ठहरिदै फिलिपिन्समा २३ प्रतिशत बजार शेयर र ९५ प्रतिशतले वार्षिक वृद्धि गर्न सफल देखिएको छ ।

कम्बोडियामा वार्षिक वृद्धि ३७९ प्रतिशतले गरेको रियलमी इन्डोनोसिया र थाइल्याण्डमा दोब्बर अंकले बजार वृद्धि गरेर रेकर्ड राख्न सफल भएको छ ।

‘अघिल्लो वर्षको महामारीको समयभन्दा २७ प्रतिशतले बजार विस्तार सहित करिब ३ करोड ४७ लाख मोबाइल फोन कम्पनीले ढुवानी गरेको जनाएको छ ।

२०२१ को पहिलो त्रैमासिकको क्यानालिसको रिपोर्टअनुसार रियलमी ढुवानीमा उत्कृष्ट ठहरिँदै १३ देशमा शीर्ष ५ स्थानमा रहेको छ र रिपोर्ट अनुसार भारत, ईन्डोनोसिया, बंगलादेश, कम्बोडिया, थाइल्यान्ड, मलेसिया, फिलिपिन्स, रसिया, इजिप्ट, इजरायल, चेक गणराज्य, ग्रिस र स्लोभिया देशमा रियलमीको बजार माग उच्च देखिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया