एनसेल नयाँ योजनाः हरेक दिन स्मार्टफोन जित्ने सकिने

काठमाडौं । एनसेलका ग्राहकले अब यूनाइटेड अरब एमिरेट्स (यूएई)बाट आउने कलमा हरेक दिन स्मार्टफोन जित्ने मौका पाउने भएका छन् । एनसेल आजियाटा लिमिटेडले यो आकर्षक योजना मंगलबारदेखि लागु हुने घोषणा गरेको हाे ।

इदको अवसरमा ल्याइएको यो योजना सुचारु भएको दिन देखि ७ दिनसम्म सञ्चालन हुने जनाएको छ । यस आकर्षक योजना अन्तर्गत यूएईबाट धेरै भन्दा धेरै आगमन कलमा कुरा गर्नुहुने ग्राहकले हरेक दिन सामसुङ ग्यालेक्सी-ए२० स्मार्टफोन जित्न सक्नेछन् ।

यूएईमा रहेका ‘डू’ मोबाइल सेवा प्रदायकको सिम कार्ड प्रयोगकर्ताका नेपालमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त वा साथीभाइले यो आकर्षक योजनाको लाभ लिनका साथै स्मार्टफोन जित्ने मौका पाउने जनाएको छ । विषम परिस्थितीमा यो योजनाले एनसेलको नेटवर्क मार्फत सञ्चार सेवामा खर्च नगरी विदेशमा रहेका परिवारका सदस्य तथा साथीभाइसँग सम्पर्कमा रही रहन मद्दत गर्ने कम्पनीको विश्वास छ ।

७ दिनको अवधिमा ७ जना ग्राहकले स्मार्टफोन जित्नेछन् । ग्राहकले उठाएको आगमन कुल संख्या, औषत कल समय र कुल कुराकानी गरेको मिनेटको आधारमा स्मार्टफोन विजयी ग्राहकको नाम घोषणा गरिनेछ । विजयी ग्राहकलाई एनसेलको कर्पोरेट कार्यलयबाट ग्राहकको सुविधा अनुसार स्मार्टफोन हस्तान्तरण गरिने जनाएको छ ।

हाल लागु भएको निषेधाज्ञा हटेको एक हप्ता पछि विजयी ग्राहकले आफुले जितेको स्मार्टफोन लिन सक्नेछन् । स्मार्टफोन जित्ने मौकाको साथ साथै एनसेलका ग्राहकले हरेक अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा ग्राहकले २० रूपैयाँसम्म बोनस पनि प्राप्त गर्नेछन्।ग्राहकहरुले १७१२६ डायलगरि सजिलै यो सेवा निःशुल्क सुचारु गर्न सक्छन् ।

विदेशबाट आफ्ना आफन्त, साथीभाइ र परिवारजनले गरेको कलमा कुरा गर्दा पहिलो दुई मिनेटपछि हरेक मिनेटे बोनस पाउँछन् । यसरी प्राप्त बोनस ३ दिनको लागि मान्य हुनेछ। ग्राहकले उक्त बोनस एनसेलको नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सक्ने जनाएको छ ।

प्रतिक्रिया