नेपाल पक्ष ‘निर्णायक’ छलफलमा रहेका बेला ओलीको ट्वीट– हतारोमा निर्णय गर्नु वाञ्छनीय हुँदैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले हतारोमा निर्णय नगर्न नेता माधव नेपाल र झलनाथ खनाल पक्षलाई आग्रह गरेका छन् । सामूहिक राजीनामाबारे निर्णय गर्न निर्णायक भनिएको बैठकमा बसिरहेका बेला ओलीले ट्वीट गर्दै हतारोमा निर्णय गर्न वाञ्छनीय नहुने भन्दै कुनै समस्या भए छलफल गरेर समाधान गर्न आग्रह गरेका छन् ।

नेपाल खनाल पक्ष समस्या समाधान गर्ने जिम्मा अध्यक्षको भन्दै त्यसका लागि सोमबार विहान ९ बजेसम्ममा निर्णय गर्न आग्रह गरेर अल्टिमेट दिएपनि कुनै वास्ता नगरेको भन्दै ‘निर्णायक’ छलफलमा जुटेको हो । नेपाल पक्ष अहिले सिंहदरबारस्थित लेखा समितिको कक्षमा निर्णायक बैठक बसिरहेको छ । सांसद मेटमणि चौधरीले मकालु खबरसँग बताएअनुसार नेपाल पक्षले अब आफूअनुकूल निर्णय गर्नेछ ।

प्रतिक्रिया