एसईई र १२ कक्षाको परीक्षा स्थगित

काठमाडौं । एसईई र १२ कक्षाको परीक्षा स्थगित भएको छ । कोरोना संक्रमण बढेपछि राष्ट्रिय परीक्षा बोर्डले दुवै परीक्षा स्थगित गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।

सोमबार बिहान बसेको बोर्ड बैठकले जेठ १३ गतेदेखि सञ्चालन गर्ने तय भएको एसईई र जेठ २६ गतेबाट हुने तय भएको १२ कक्षाको परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको उनले बताए ।

सरकारले पनि परीक्षा नचलाउ भनेको र कोरोना भाइरसको महामारी झन् झन् बढ्दै गएकाले तत्कालका लागि परीक्षा स्थगित गरिएको हो ।

बोर्ड बैठकले एसईई र कक्षा १२ को परीक्षा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने अध्ययन गर्न ५ सदस्यीय कार्यदलसमेत गठन गरेको छ ।

यसपटकको एसईईका लागि ५ लाख १७ हजार परीक्षार्थी सहभागी हुने तय भएको र प्रश्नपत्र छपाइको काम पनि सकिइसकेको बोर्डले जनाएको छ । यसपटक १२ कक्षामा करिब ४ लाख परीक्षार्थीले फाराम भरेका छन् ।

प्रतिक्रिया