माल्दिभ्स नजिकै समुद्रमा खस्यो चिनियाँ रकेट

एजेन्सी । चिनियाँ सञ्चार माध्यमका आुसनर चीनको सबैभन्दा ठूलो रकेट माल्दिभ्स नजिकैको हिन्द महासागरमा खसेको छ । समाचारअनुसार रकेटको धेरैजसो भाग बायुमण्डलमै जलेको थियो । चिनियाँ अन्तरिक्ष इन्जिनियरिङ उल्लेख गर्दै यस्तो समाचारमा यस्ताे बताइएको हो ।

अन्तरिक्षबारे निगरानी गरिरहेका विश्वभरका व्यक्तिले चीनको लङ मार्च ५बी अन्तरिक्षयानलाई लिएर विभिन्न अड्कलबाजी गरिरहेका थिए । मानव वस्ती वा भौतिक संरचना भएको ठाउँमा उक्त रकेट झर्यो भने त्यसले ठूलो क्षति गर्ने उनीहरुको चिन्ता थियो ।

समाचार एजेन्सी राेयटर्सका अनुसार उक्त चिनियाँ रकेट स्थानीय समयअनुसार १० बजेर १२ मिनेटमा पृथ्वीतर्फ खस्न सुरु भएको थियो ।

उक्त रकटलाई चीनले २९ अप्रिलमा हाइनान द्विपबाट अन्तरिक्षमा प्रक्षेपण गरेको थियो । अमेरिकाको यूएम स्पेस कमान्डले पनि उक्त रकेट वायुमण्डलमा प्रवेश गरेको पुष्टि गरेको छ, यद्यपी रकेट कहाँ खस्यो भन्ने यकिन जानकारी उसले दिएको छैन ।

यस रकेटको तौल १८ टन थियो । पृथ्वीको वायुमण्डलमा अनियन्त्रित भएर खस्ने यो दशक यताकै सबैभन्दा ठूलो रकेट थियो । यसबारे ह्वाइट हाउसले भनेको थियो– अन्तरिक्षप्रति जिम्मेवार व्यवहार अपनाउनु आवश्यक छ ।

चिनियाँ विदेश मन्त्रालयले सोभबार भनेको थियो– ३० मिटर लम्बाईको उक्त रकेट खस्ने बेलामा जल्ने भएकोले सायदै यसबाट कसैलाई नाक्सान हुन्छ ।
चिनियाँ सरकारी पत्रिका ग्लाबल टाइम्सले वायु मण्डल विशेषज्ञ साँग जोनपिंगलाई उल्लेख गर्दै लेखेको थियो– चीनको स्पेश मोनिटरिङ नेटवर्कले उक्त रकेटप्रति कडा निगरानी राखिरहेको र नोक्सान नहुने उपाय अपनाउने छ ।

तर अमेरिकाको हार्र्वर्ड स्मिथसोनियम सेन्टर फर एस्ट्रोफिजिक्सका चर्चित एस्ट्रोफिजिसिस्ट जनाथन मेकडावलले भनेका थिए– यसबाट चीनको छवीमा खराब असर पर्ने छ । यसलाई एक लापरवाहीको रुपमा हेरिन थालेको छ ।

यस्ता यानका धेरैजसो भाग वायुमन्डलमा जल्छन् । तर, केही धातुहरु भने पृथ्वीमै खस्ने भन्दै जोखिम पनि हुने देखिएको छ ।

 

प्रतिक्रिया