रेल चलाउन अध्यादेशमार्फत सरकारले ल्यायो कानुन

काठमाडौं । सरकारले नेपालमा रेल सेवा सञ्चालनका लागि चाहिने आवश्यक कानुनी व्यवस्था गरेको छ । संसद नचलेको अवस्थामा सरकारले अध्ययादेशमार्फत यस्तो कानुन ल्याएको हो । सरकारले राष्ट्रपतिकहाँ लगेको रेलवे अध्यादेश २०७८ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरी जारी गरेकी हुन् ।

नेपालको एक मात्र रेल सेवा कुर्था–जनकपुर–जयनगरमा रेल लाइन र रेल तयार भए पनि चलाउन सकिएको थिएन । रेल चलाउन आवश्यक दक्ष, प्राविधिकलागतका कर्मचारी र कानुनको अभावमा रेल चलाउन सकिएको थिएन । तर, सरकारले रेल खरिद गरेर ल्याइएको कम्पनी भारतको कोन्कर कम्पनीलाई नै रेल चलाउने जिम्मेवारी दिएसँगै जनशक्तिको व्यवस्थापन तएको थियो । तर, कानुनको अभाव थिए ।

सरकारका कानुनहरु बनाउने हिउँदे अधिवेशनले कुनै पनि कानुन पास नगरी सरकारको सिफारिसमा राष्ट्रपतिले अन्त्य गरेकी थिइन् । त्यतिवेलै देखि आवश्यक महसुस गरिँदै आएको रेल सञ्चालन सम्बन्धी कानुन अध्यादेशमार्फत अहिले ल्याउनुलाई कतिपयले सरकारले अपनाएको चोर बाटोको संज्ञा दिएका छन् ।

राष्ट्रपतिले हालै जारी गरेको अध्यादेशले रेल चालकका लागि विज्ञान विषय लिई कम्तीमा माध्यमिक (१२ कक्षा)सम्म उत्तीर्ण वा मेकानिकल वा अटो मोबाइल विषयमा कम्तिमा डिप्लोमा उत्तीर्ण हुनु पर्ने व्यवस्था गरेको छ ।

चालकको चालिम लिई प्रमाणपत्र प्राप्त गरेको, २५ वर्ष पूरा भई ५० वर्ष ननाघेको र कम्तिमा ३ वर्ष रेल सहचालक भएर काम गरेको व्यक्तिले पनि चालक हुन पाउने व्यवस्था गरेको छ ।

 

प्रतिक्रिया