झापाका ग्यारेजबाट १३३ अक्सिजन सिलिन्डर बरामद

विराटनगर । झापा प्रहरीले स्थानीय ग्यारेजबाट १३३ वटा अक्सिजन सिलिन्डर बरामद गरेको छ । गत बुधबारदेखि शनिबारसम्म ईलाका प्रहरी कार्यालय दमकले १२ वटा, अनारमनीले ९० वटा, काँकडभिट्टाले १२ वटा र धुलाबारीले १९ वटा अक्सिजन सिलिन्डर बरामद गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

बरामद भएका सिलिन्डरहरू रिफिल गर्नका लागि कपुरी ट्रेडर्सलाई १२१ वटा र मातृ ट्रेडर्सलाई १२ वटा जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

सिलिन्डरहरू प्रहरी कार्यालयहरुले आ-आफ्नो एरियामा पर्ने ग्यारेजहरू सगुन ग्यारेज, तुलसी ग्यारेज, हस्लेन चेक ग्यारेज, पाथिभरा ग्यारेज, स्माल ग्यारेज, ओम साई अटो ग्यारेज, राजिब ग्यारेजबाट जम्मा गरेको हो । जम्मा भएको सिलिन्डर रिफिल गरी आवश्यकताअनुसार कोभिड अस्पतालहरुलाई आपूर्ति गर्ने व्यवस्था मिलाउने जनाइएको छ ।

प्रतिक्रिया