कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

काठमाडौं । प्रतिनिधि सभा, कार्यव्यवस्था परामर्श समितिको बैठक अहिले जारी छ । संसद् भवनमा बसिरहेको बैठकले वैशाख २७ गते बस्ने संसद् बैठकलाई कसरी अगाडि बढाउने भन्नेबारे निर्णय गर्नेछ ।

सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको बैठकमा संसद् बैठकको अध्यक्षता गर्ने गर्ने सांसद, कोभिड उन्नाइस संक्रमित सांसदहरुको उपस्थिति र मतदानलगायतका विषयमा छलफल भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि सदनबाट विश्वासको मत लिँदैछन् ।

प्रतिक्रिया