ग्लोबल आइएमई लघुवित्तद्वारा मास्क तथा सेनिटाइजर वितरण

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका शाखा कार्यालयहरुले मास्क र सेनिटाइजर वितरण गरेका छन् । कपिलवस्तु, पाल्पा, चितवन र रुपन्देहीमा रहेका शाखा कार्यालयहरुले प्रहरी सुरक्षाकर्मीको स्वस्थ्य सुरक्षामा सहयोग पुर्याउने उद्देश्यले मास्क तथा सेनिटाइजर वितरण गरेको हो ।

कम्पनीका अनुसार संस्थाको वाणगंगा, जुडाडाँडा, खैरहनी, माडि र तानसेन लगायतका शाखा कार्यालयले नजिकैको प्रहरी कार्यालयमा २२ लिटर सेनिटाइजर तथा २५ प्याकेट का दरले मास्क वितरण गरेका हुन् ।

संस्थागत सामाजिक उत्तरदायित्व बहन (सीएसआर) कार्यक्रमअन्तर्गत संस्थाले मास्क तथा सेनिटाइजर वितरण गरेको जनाएको छ । यसले कोभिड–१९ विरुद्धको लडाइमा उच्च मनोबल प्राप्त गर्न सघाउने संस्थाको विस्वास छ ।

आगामी दिनमा पनि यस्ता कार्यक्रमका लागि निरन्तरता दिने संस्थाले जनाएको छ ।

प्रतिक्रिया