जाडरक्सी खाएर कुटपिट, छिमेकीको ज्यान गयो

विराटनगर । जाडरक्सी खाएका दुई जनाबिच कुटाकुट हुँदा ओखलढुंगामा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा ओखलढुङगा खजिदेम्बा गाउँपालिका-१ आरुबोटका ६० वर्षीय महेशकुमार खड्का रहेका छन् ।

शनिबारराति स्थानीय ५० वर्षीय प्रेमबहादुर सुनुवारले खड्कालाई कुटपिट गरेका थिए । जाडरक्सी खाएका उनीहरुबिच कुटाकुट हुँदा खड्काको घटनास्थलमानै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रहरीकाअनुसार सुनुवारले खड्काकै घरमा आएर कुटपिट गरेको थिए । सुनुवारसमेत घाईते भएकाले उनको स्थानीय क्लिनिकमा उपचार पश्चात् ईलाका प्रहरी कार्यालय खिजीफलाटेले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया