विराटनगर कांग्रेसद्वारा एम्बुलेन्स र शव वाहन तयार

विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगर समितिले कोभिड संक्रमित नियन्त्रणको लागि सवारी व्यवस्थापन शुरु गरेको छ । नगर सभापति अरुण न्यौपानेले आफूले चढ्ने गरेको बा१५च ६३२२ नम्बरको गाडी एम्बुलेन्सको रुपमा प्रयोगको लागि दिएका छन् ।

नागरिकले समसया खेप्दै आएको अवस्थामा अफूसँग भएको सवारी दिने निर्णय गरेको उनले बताए । उनले आफ्नो सवारी विराटनगर महानगरलाई उपलब्ध गराएका छन् । ‘महानगरलाई मैले गाडी दिएको छु,’ उनले भने, ‘त्यहीँबाट आवश्यकताको आधारमा उपचारको लागि एम्बुलेन्स नपाएका नगरवासीका लागि निशुल्क प्रयोग हुनेछ ।’

थोरै भएपनि सहयोग गर्ने उद्देश्यले एउटा राजनीतिक कार्यकर्ता र जनसेवक भएको हिसाबले सहयोग गरेको उनले बताए । उनले आफ्नो सवारी बिरामी ओसार्नको लागि दिनेछन भने अर्को गाडी भाडामा लिएर शव व्यवस्थापनमा प्रयोग हुनेछ । को १ च ९२७४ नम्बरको गाडी भाडामा लिइएको र त्यसलाई शव वाहननको रुपमा प्रयोग गरिने न्यौपानेले मकालु खबरलाई जानकारी दिए ।

विराटनगरका विभिन्न अस्पतालबाट दैनिक ४ वटा भन्दा बढी संक्रमितको मृत्यु हुने गरेसँगै यसको संख्या बढ्न सक्ने आँकलन गरेर पूर्व तयारी अवस्थामा सवारीलाई राखिएको उनले बताए । नगर कमिटिको तर्फबाट अरुण न्यौपाने, भीम पराजुली र निर्मल सुवेदी तीन जना मिलेर गाडी भाडामा लिएर उपलब्ध गराएका हुन् ।

प्रतिक्रिया