१८ सांसदलाई कोरोना संक्रमण

काठमाडौं । अहिलेसम्म १८ जना कोरोना प्रतिनिधि सभा सदस्यमा कोरोना पुष्टि भएको छ । गत वैशाख २२, २३ र २४ गते संकलन गरिएको स्वाब परीक्षणका क्रममा १८ जना सांसद संक्रमित भएको खुलेको हो ।

संघीय सांसद, संसद सचिवालयका कर्मचारी तथा संसदीय मामिला पत्रकारलगायत १ हजार २ सय ३५ जनाको पीसीआर परीक्षण गर्दा १६० जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण देखिएका अन्य १४१ जना संघीय संसद सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार तथा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी छन् ।

प्रतिक्रिया