टिकटक बनाउने क्रममा भीरबाट लडेर एकको मृत्यु

विराटनगर । उदयपुरमा टिकटक बनाउने क्रममा लडेर एकजनाको ज्यान गएको छ । कटारी नगरपालिका-११ हर्देनी भीरमाथि टिकटक बनाउने क्रममा लडेर एकजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धरान ५ का १८ वर्षीय सुभास परियार भएको प्रहरीले जनाएको छ ।

धरानबाट ओखलढुङगा तर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमो शुक्रबार बिहान पौने १० बजे हर्देनी भीरमाथि सडकमा बिग्रिएको थियो ।

सोही सुमोमा सवार परियार सुमोबाट ओर्लिएर टिकटक बनाउने क्रममा भीरबाट लडेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया