विराटनगरमा निषेधाज्ञा थप

विराटनगर । मोरङमा जारी निषेधाज्ञाको समयावधि थपिएको छ । कोरोना संक्रमणको बढ्दो जोखिमलाई दृष्टिगत गर्दै मोरङ प्रशासनले जेठ १ गतेसम्मका लागि निषेधाज्ञाको समयावधि बढाउने निर्णय गरेको हो ।

बिहीबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले निषेधाज्ञाको समय बढाउने निर्णय गरेअनुसार प्रशासनले निषेधाज्ञाको समय बढाउने निर्णय गरेको हो ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम वैशाख २४ गते राति १२ बजेदेखि लागू हुनेगरी जेठ १ गतेसम्मका लागि अल्पकालीन निषेधाज्ञा जारी गर्ने निर्णय बैठकले गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले बताए ।

यसअघि वैशाख १७ गते बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले वैशाख १८ गते रातिको १२ बजेदेखि लागु हुनेगरी ७ दिने निषेधाज्ञा जारी गरेको थियो ।

प्रतिक्रिया